भरतपुर अपडेटः वडामा काँग्रेसले जित्यो, मेयरमा रेणुले पाउनुपर्ने भोट एमालेलाई….

भरतपुर, ९ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा व्यापक ‘क्रस भोटिङ’ भएको पाइएको छ ।

२७ नम्बर वडाको भर्खरै सकिएको मतगणनामा काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भए पनि मेयरमा भने एमालेकै देवी ज्ञवालीले बढी भोट पाएका छन् । रेणुले पाउनुपर्ने काँग्रेसको भोट ब्यापक ‘क्रस भोटिङ’ भएर देवीलाई आएको देखिएको छ ।

वडा नम्बर ७ मा काँग्रेसका गोविन्द तामाङ ११ सय २९ मत ल्याएर विजयी भए । एमालेका वडा अध्यक्षका उम्मेदवार ढुण्डुराज गुरुङले १ हजार ६८ मत पाए । महिला सदस्य बाहेक वडाको सबैमा काँग्रेसले जितेको छ । तर, मेयरमा भने रेणुले मतान्तर घटाउन असमर्थ भइन् ।

२७ नम्बर वडाको मतगणना सकिँदा एमालेका ज्ञवाली झण्डै ४ हजार मतले अगाडि छन् । ज्ञवालीले २६ हजार ५६ मत पाएका छन् भने रेणुले २२ हजार २ सय २० मत पाएकी छिन् ।

यता, उपमेयरमा भने काँग्रेसकी पार्वती शाहले अग्रता लिइरहेकी छिन् । उनले २५ हजार ६९२ मत पाएकी छिन् । एमालेकी दिव्या शर्माले २३ हजार ३६२ मत पाएकी छिन् ।

मतगणना घोषणा भएका १३ मध्ये ९ वडामा एमाले विजयी भएको छ।दैनिक नेपालबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार