प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा…

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेका थिए । तर एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि उनको राजीनामा दिने प्रयास असफल भएको थियो ।

करिब १० महिना प्रधानमन्त्री बनेका उनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालमा गरेका राम्रा कामको सबै विवरण पेश गरेका छन् । उनले लोडसेडिङ अन्त्यलाई बढी महत्व दिए । स्थनीय तहको निर्वाचन पछि सीमान्तकृत समुदाय न्यायदाताको भूमिकामा आउने उनले बताए । स्थानीय तहको निर्वाचनले सिधै सिंहदरबारको प्रमुख छानेको उनले बताए ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार