कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रचण्ड-देउवालाई झट्का, भारतीय राजदूतलाई भेटेपछि मधेशी नेताले कुरा फेरे…

काठमाडौँ, १६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले यही अबस्थामा चुनावमा भाग नलिने स्पष्ट पारेको छ ।

नेपाली काँग्रेसले मंगलबार बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिँदै राजपाका नेताहरुले आफ्ना मागहरूको सम्बोधन नभएसम्म चुनावमा भाग नलिने स्पष्ट पारेका हुन् । काँग्रेस र माओवादीले राजपालाई पनि सहभागी गराउने शर्तमा चुनावको मिति सार्न एमालेलाई मनाएका थिए ।

बैठकमा राजपाका नेताहरुले आफूहरू निर्वाचनको पक्षमा रहेपनि संविधान संशोधन, स्थानीय तहको संख्यामा वृद्धि लगायतका माग पूरा नभएसम्म चुनावमा भाग नलिने र नयाँ बन्ने सरकारलाई पनि समर्थन गर्न नगर्ने बताएका हुन् । सरकारले तोकेको मितिमा मुस्लिमको पर्व पर्ने भएकाले नयाँ मिति झनै अव्यवहारिक रहेको उनीहरुको भनाइ थियो ।

राजपा चुनावमा आउने विश्वासमा सरकारले सोमबारमात्रै असार ९ गते गर्ने चुनावको मिति सारेको थियो । मधेशी नेताहरु आज बिहानै भारतीय दूतावास पुगेका थिए । भारतीय राजदूतसँगको भेटपछि उनीहरुको कुरा फेरिएको हो ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |