कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पाथीभरामा नब्बे क्विन्टल सिक्का, बैंकले लिन नमानेपछि समस्यामा…

फुङलिङ । ताप्लेजुङ जिल्लास्थित पाथीभराको मन्दिरमा ९० क्विन्टलभन्दा बढी सिक्का रहेको खुलासा भएको छ । श्रद्धालु भक्तजनले दिनहुँ सिक्का चढाउँदै जाने तर, त्यसको उचित व्यवस्थापन नहुँदा समस्या भएको छ ।

बैंकसँग सहकार्य नगर्दा सिक्का गोदाममा राख्नुपर्ने बाध्यता छ । संकलित सिक्का आधा बोरामा राखिए पनि अरू भुइँमै छरिएर रहेको अवस्था छ ।


पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिरमा दैनिक १४ पाथीसम्म सिक्का जम्मा हुन्छ । एक पाथीमा २२ किलो हुन्छ । दैनिक दुई क्विन्टलभन्दा बढी सिक्का जम्मा हुने उनले बताए ।

मौसम राम्रो भए रामनवमीदेखि वैशाखभर तीर्थयात्रीको भीड लाग्ने गर्छ । अधिकांशले सिक्का पैसा नै चढाउने गर्छन् ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका सहसचिव लक्ष्मी काफ्ले बैंकले सहज तरिकाले नलगिदिँदा समस्या भएको बताउँछन् । बैंकले भने रिट्ठाको धूलो, सर्फ पानीले धोएर धानको ढुटोले सफा गरे मात्रै लाने प्रस्ताव गरेको छ ।

बैंकका तत्कालीन पूर्वाञ्चलका व्यवस्थापक दीपकबहादुर थापाले दुई वर्षअघि नेपाल बैंक लिमिटेडले यसरी दिएको सिक्का मात्र लिन सक्ने बताएका थिए । राष्ट्र बैंक नभएको जिल्लाले पनि त्यही नियमलाई पछ्याइरहेका छन् ।

भगवानका नाममा भुइँमा चढाइएको पैसामा फोहोर लाग्छ । त्यसलाई सटही गर्ने कर्तव्य बैंकको हो । बैंकले सिक्का लैजान विभिन्न झमेला लगाएको आरोप छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभराबाट मोटरबाटो पुगेको भालुगौंडेसम्म पुगाउन प्रतिकिलो १५ रुपैयाँ भाडा लाग्छ । मजदुरले २५ किलोभन्दा बढी बोक्न सक्दैनन् ।

बैंकले धोएर सफा बनाएपछि तौलका आधारमा हिसाब गर्ने गरेको छ । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैयाँको पाँच ग्राम हुन्छ ।दैनिक नेपालबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent