संसदमा एमालेको कडा चेतावनीः भरतपुरमा मतगणना नगरे आफै विजयी घोषणा गर्छौं, देशभर चुनाव हुन्न…

 

काठमाडौँ, १७ जेठ । नेकपा एमाले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमाले चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हार्ने परिस्थिति भएपछि भरतपुरमा मतगणना बिथोलिएको बताए । ‘हाम्रो मेयरका उम्मेदवार देवी ज्ञवालीले जित्दै हुनुहुन्थ्यो, तर नतिजालाई प्रभावित पार्ने गरी जुन काम भएको छ, त्यो गलत हो । जनताको सार्वभौम अधिकारमाथिको बलत्कार हो ।’ – सांसद पाण्डेले भने ।

सांसद पाण्डेले मतगणना सुरु गर्नुको सट्टा अन्यथा निर्णय भए एमालेले आफै विजयी घोषणा गर्ने बताए । ‘मतगणना बाहेक हामी अरु मान्दैंनौँ, यदि अन्यथा निर्णय भयो भने हामी आफै विजयी घोषणा गरेर अघि बढ्छौँ ।’, चेतावनी दिँदै उनले भने – ‘भरतपुरमा यदि अन्यथा ढंगबाट सोच्ने काम भयो भने नेपालभर अब चुनाव हुनेछैन् । निर्वाचन आयोगले ५ बर्षसम्म चुनाव नै गरेर बस्नुपर्छ । सबै ठाउँमा भरतपुर जसरी मतपत्र च्यातिन सक्छ ।’

नेता पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद बैठक अबरुद्ध गर्ने पार्टीको निर्णय पनि सुनाए । एमाले सांसदको अवरोधपछि संसद बैठक बिहीबारसम्मलाई स्थगित भएको छ ।
दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार