कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मधेशका दुई प्रभावशाली नेता एमालेमा प्रवेश, सिंगो पार्टी नै एमालेमा विलय…

काठमाडौं, २७ जेठ । दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा मधेशका दुई प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा (क्रान्तिकारी) का महासचिव प्रमोद यादवसहित सिंगो समूह र प्राज्ञ रमेश रन्जन झा लगायत एमालेमा प्रवेश गरेका हुन् । प्रमोद तराईमा कम्युनिस्ट आन्दोलनको संस्थापक मानिने सूर्यनाथ यादवका छोरा हुन् । प्रमोदले शनिवार एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरी आफू नेतृत्वको पार्टीलाई एमालेमा समाहित भएको घोषणा गरे ।

एमाले प्रवेश गरेका झा भने वरिष्ठ संस्कृतिकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य हुन् । रामचन्द्र झासँगै एमालेबाट माओवादी प्रवेश गरेका झा पुनः एमालेमै फर्किएका हुन् । झाले आफू विभिन्न नयाँ अनुभव संगालेर आफ्नै घर फर्किएको वताए ।

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले उनीहरुलाई पार्टी प्रवेश गराए ।

घेराबन्दीका बीचमा पनि मधेशमा एमाले प्रवेशको लहर देखिन थालेको छ । प्रदेश नम्बर २ का जिल्लाहरुमा राजपा र माओवादी छाडेर यसअघि बिभिन्न नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् । केही दिन अघिमात्रै राजपाका सहमहामन्त्री समिम मिया अन्सारी तथा लहानका पूर्वमेयर मुन्नी साहसहित माओवादीका तीन पूर्वसांसद एमाले प्रवेश गरेका थिए ।दैनिक नेपाल

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार