कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

असार १४ को निर्वाचन फेरि सर्ने भयो ! राजपाले मुख खोल्यो

काठमाडौं, २७ जेठ । मधेस केन्द्रित दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको स्थानीय तहको निर्वाचन सार्न फेरि प्रस्ताव गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शनिबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूबीच भएको वार्तामा चुनाव सार्ने प्रस्ताव ल्याइएको हो । यद्यपि सत्तारुढ दलहरूले चुनाव सार्ने राजपा नेपालको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् ।

राजपा नेपालले स्थानीय तहको निर्वाचन सार्ने प्रस्ताव गरेर सत्तापक्षसँग निर्वाचनमा सहभागी हुने भनी भएको सहमति उल्लंघन गरेको छ ।

राजपा नेपालकै आग्रहमा जेठ ३१ गतेको निर्वाचन असार १४ गतेलाई सारिएको थियो । तर, अन्तिम समयमा आएर राजपा नेपालले चुनावमा जान अनिच्छा जनाएर आफ्नो हैसियत देखाएको आरोप लाग्न थालेको छ ।

सिंहदरबारमा संवाददाताहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपालले चुनाव सार्ने प्रस्ताव गरेको आरोप लगाए । ‘राजपा नेपालका नेताहरूले अहिलेकै अवस्थामा चुनाव हुन सक्दैन सारौँ भनेर भन्नुभयो’, नेता पौडेलले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असार १४ गतेको चुनावमा राजपा नेपालका नेताहरू जान तयार नदेखिएको बताए । ‘उहाँहरूले चुनाव सार्न भन्नुभएको छ’, उनले भने, ‘तर, चुनाव सार्ने अवस्था छैन । असार १४ गते चुनाव गर्नुपर्छ ।’

राजपा नेपालको अध्यक्षमण्डका सदस्य शरतसिंह भण्डारीले सरकारले आफूहरूसँग गरेको भद्र सहमति तोडेको आरोप लगाए । ‘शहीद घोषणा, मुद्दा फिर्ता, क्षतिपूर्तिलगायतका माग पनि पूरा भएन’, उनले भने, ‘अहिलेकै अवस्थामा हामी चुनावमा जान सक्दैनौँ ।’ नेता भण्डारीले आइतबार अपरान्हसम्म माग पूरा हुने संकेत नआए निर्वाचन विथोल्ने गरेर आन्दोलन घोषणा गर्ने चेतावनी दिए ।

बैठकमा प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राजपा नेपालका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।
दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent