जेष्ठ २८, २०७४- नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा माथि आक्रमणको भएको छ ।
उनी सवार गाडीमा अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै केही पहिचान नखुलेका व्यक्तिहरुले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट गाडी पछाडीको सिसा फुटेको छ भने उनलाई चोटपटक लागेको छैन ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले झा माथि भएको आक्रमणको पुष्टि गर्दै आक्रमणकारीको खोजी भइरहेका बताएका छन् ।
‘म कार्यालयबाट घर फर्कदै गर्दा, ५/६ जनाको समूहमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन्,’ अध्यक्ष झाले भने, ‘गाडीको सिसा फुटेको छ । मलाई केही भएको छैन । घटनाबारे प्रहरीलाई विवरण दिँदै छु ।’- कान्तिपुर संवाददाता