सत्तारुढ कांग्रेसको आक्रमणबाट एमाले कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर…

बाजुरा, ३० जेठ । सत्तारुढ दल नेपाली काँग्रेसको आक्रमणबाट बाजुरामा प्रमुख प्रतिपक्षी नेकपा एमालेका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा गौमुल गाउँपालिका ५ का सन्तोष रोकाया र पारस रोकाया रहेको प्रहरीले जनाएको छ ।

जेठ २९ गते साँझ नख्खडा भन्ने ठाउँमा झगडा भइरहेको र के भएको हो भन्ने कुरा बुझ्न जाँदा एकाएक आफूमाथि आक्रमण भएको रोकायाले बताएका छन् । रोकायाको टाउकोमा चोट लाग्नुका साथै दाँत भाचिएको र शरीरभरी निलडाम रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा रोहित गिरीले जानकारी दिए ।

घाइतेमध्ये सन्तोषको अगाडिको दुई वटा दाँत भाँचिएको र शरीरभरी निलडाम भएका कारण थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको र पारसको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको बाजुराका प्रहरी नायब निरीक्षक कृष्ण खड्काले बताए ।

घटनाबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाजुराको टोली घटनास्थल पुगेको छ । घटनास्थल निकै टाढा भएकाले यथार्थ कुरा आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चुनाबी माहोल बढेसँगै जिल्लाका हिमाली गाउँपालिका तथा बुढिनन्दा नगरपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार