काठमाडौं, १ असार । चुनाव बहिष्कारको घोषणासहित आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी नेता र सरकारबीच ‘निर्णायक’ वार्ता भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता सहभागी छन् ।
संविधान संशोधनको माग, स्थानीय तहको संख्या वृद्धिको माग राख्दै आएको राजपालाई कसरी चुनावमा सहभागी गराउने, चुनाव अझै सार्ने कि नसार्ने भन्ने विषयमा बैठकमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, माओवादीबाट अध्यक्ष प्रचण्डका साथै नारायणकाजी श्रेष्ठ प्रकाश र मातृका यादव, गृहमन्त्री जनार्दन शर्मा सहभागी बैठकमा राष्ट्रिय जनता पार्टीबाट महन्थ ठाकुर, महेन्द्र यादव र शरदसिंह भण्डारी सहभागी छन् भने संघीय लिम्बुवान पार्टीका कुमार लिंङ्ग्देन छन् ।दैनिक नेपाल