‘फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त ‘स्पाइडरम्यान’? (फोटोसहित)

काठमाडौं, असार १ । ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गरेका छन् ।

गत साता रोबर्टले ५४ वर्षको उमेरमा स्पेनको ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बनेका हुन् ।

११ वर्षकै उमेरमा आफ्नो आमाबाबुले अपार्टमेन्टभित्र थुनेर कार्यालय गएपछि उनी आँफै झ्यालबाट निस्केर स्पाइडरम्यानले जसरी तल झरेपछि साहसिक कामहरु गर्न थालेका थिए ।

रोर्बटले हात–खुट्टा र चकको धुलोको सहायताले स्पाइडरम्यानले झैँ अग्लो–अग्लो घरहरु चढेर थुप्रै विश्व किर्तिमान कायम गरिसकेको छन् । अहिलेसम्म उनले १२१ ओटा विल्डिंग चढिसकेका छन् ।

सन् १९९४ मा नै न्युयोर्क सिटिको करिव ४५० मिटर अग्लो एम्पायर स्टेट विल्डिंग चढेपछि गोल्डेनगेट ब्रिज, आइफल टावर, सिड्नी ओपेरा हाउस, वील्स टावर, द सिटि टावर, एडिफिको इटालिया, पोर्टलयान्ड हाउस, सिंगापुर फ्लाएर र नेशनल बैंक अफ आबुधाबिसमेत चढिसकेका छन् ।

रोबर्टले पहिलोपटक ‘द माउन्टेन’ नामक फिल्मबाट कसरी पहाड चढ्न सकिन्छ भन्ने कुरा सिकेपछि स्पाइडरम्यान बन्न ठूलो प्रेरणा मिलेको बताए ।

उनी भवन चढ्ने क्रममा कैयौँपटक दुर्घटना भएर अस्पतालको बेडमा सुतेपनि, प्रहरीले समातेर जेल सजाय पाएपनि स्पाइडरम्यान बन्न नछोडेको बताउँछन् । उनले चिनमा ६ दिन, जापानमा ९ दिन, अमेरिकामा ७ दिन र अन्य धेरै ठाउँमा जेल बस्नुपरेको बताए । तर, सन् २००९ मा मलेसियामा उनले पाँच वर्षको जेल सजाय पाएका थिए ।

 

सन् २०१२ मा कुटनितिक पहलमा साउदि अरेवियास्थित संसारकै सबैभन्दा अग्लो भवन ‘द ब्रुज खलिफा’ चढ्ने अनुमति पाए । करिव ८३० मिटर अग्लो उक्त भवन चढ्ने अवसरलाई उनले ६ घन्टा १३ मिनेटमा पुरा गरेर विश्व चर्चीत ‘स्पाइडरम्यान’ बने । उनले त्यतिखेर सबैभन्दा अग्लो विल्डिंग कम समयमा चढ्ने ‘स्पाइडरम्यान’को विश्व किर्तिमानसमेत कायम गरेका थिए ।

 

अहिले उनी विश्व चर्चित फ्रेन्च स्पाइडरम्यानको नामले चिनिएका छन् । उनले आफ्नो पेशाबाट कमाएका इज्जतलाई ‘ग्लोबल वार्मिंग’जस्ता विश्वव्यापि समस्या समाधानको लागि चेतनामुलक कार्यमा लगाउने बताएका छन् ।

– See more at: http://imagekhabar.com/news/latest/rochak-prasanga-french-spider-man/22593#sthash.xJAcKCMT.EfrF3jXC.dpuf

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार