काठमाडौं, ५ असार । एन आई सी एशिया बैंकको ९२ औं शाखा दाङ्ग जिल्लास्थित घोराहीमा सञ्चालनमा आएको छ । सोमबार एक समारोहकाबीच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले उक्त शाखाको उद्घाटन गर्नुभयो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।दैनिक नेपाल