कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आफ्नै कार्यकर्ताको बहिष्कारमा परे कांग्रेस उम्मेदवार, चुनावको मुखमा गाउँ पस्न निषेध

धनगढी, ५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार आफ्नै कार्यकर्ता तथा समर्थकबाट बहिष्कारमा परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा असन्तुष्ट कार्यकर्ताले कांग्रेस उम्मेदवारलाई सार्वजनिक बहिष्कार गरेका हुन् । उनीहरुले टिकट वितरणमा मनोमानी गरेको भन्दै पार्टी नेतृत्वको पनि सार्वजनिक रुपमै खिल्ली उडाएका छन् ।

कांग्रेसका उम्मेदवारलाई निषेध भन्दै असन्तुष्ट कार्यकर्ताले ठाउँ ठाउँमा ब्यानर समेत टाँसेर सार्वजनिक रुपमै बहिष्कार गरेका छन् ।

फोटोः दीपक उपाध्यायको फेसबुकबाट ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार