कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

निर्वाचन सुरक्षामा २० हजार बढी सशस्त्र प्रहरी परिचालन, अनुगमनका लागि एआईजीहरु खटिए

काठमाडौं, ६ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि २० हजार ६ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् ।

यसैगरी निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यकासाथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम केसी र रामशरण पौडेल विभिन्न प्रदेशहरुमा खटिनुभएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले ती ठाँउहरुमा स्थलगत अनुगमन गर्नुकासाथै कुनै त्रुटि देखिएमा तत्काल सुधारका लागि फिल्डमै निर्देशन समेत दिनुहुने छ ।

निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् भने ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ जना खटिएका छन् ।

यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि ३ सय ३४ वटै स्थानीय निकायमा एपीएफ टोली खटिइसकेको छ भने फिल्डमा खटिने एपीएफ टोलीको अतिरिक्त मोवाइल, स्ट्राइकिङ्ग र रजिर्भ टोलीमा विभाजन गरी सशस्त्र प्रहरी कर्मचारीहरु सम्बन्धित ठाँउमा खटिएका छन् ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent