कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्याँस चुहिंदा साउदीमा दुई नेपालीको मृत्यु….

असार ७, २०७४- साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ ।

साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा मृत्यु भएका झविन्द्र बन्जाडे (बायाँ) र बालकृष्ण बस्नेत । तस्बिर : फेसबुक ।

नेपाली दूतावासका अनुसार वस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।

दुवै जनालाई कम्पनीका ‘सेफ्टी अफिसर’ले बेहोस अवस्थामा फेला पारेका थिए ।

‘कम्पनीमा चुहिएको ग्याँसलाई नष्ट गर्दा सुरक्षित कोठामा बस्नुपर्थ्यो । त्यसो नगरी गाडी भित्रै एसी लगाएर सुत्नुभएछ,’ कम्पनीमा कार्यरत एक नेपालीले भने, ‘विपरीत दिशाबाट आएको हावा उहाँहरु सुतेकौ तिर आएछ । एसीले त्यही बिषाक्त हावा लिदा उहाँहरु बित्नुभयो ।’ दुवै जना उक्त कम्पनीमा चालक थिए ।

बिहानको तीन बजे सेफ्टी अफिसर फर्किदा दुवैलाई गाडी बाहिर बेहोस अवस्थामा फेला पारेका थिए ।

इदको बिदा परेकाले कम्पनीले नेपाली दूतावासलाई घटना विवरणबारे विस्तृतरुपमा जानकारी गराएको जानकारी गराएको छैन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |