काभ्रेमा बुद्धचित्तको विवादले त्रिपक्षीय भिडन्तको खतरा…

बनेपा: बहुमूल्य बुद्धचितको फललाई लिएर काभ्रेको रोशी-५ स्थित त्रिपक्षीय भिडन्त हुने सम्भावना बढेको छ। बुधबार टिप्न लागिएको एउटा वुद्धचित्तको रुखको फललाई लिएर त्रिपक्षीय भिड्न्त हुने सम्भावना बढेको स्थानीहरुले बतएका छन् ।


रोशी गाउपालिका-५ स्थित नगवेलीमा रहेको वीर वहादुर तामाङको एउटा रुखमा फलेको वुद्धचित्तको फल टिप्ने बारेमा विजयकुमार गच्छेदारले नेतृत्वको फोरमका केन्द्रीय सदस्य गणेश लामा, स्थानीय दवाञ्जु लामा (वाङ), वुद्धचित्त व्यापारी सत्यमान लामा तथा विप्लव माओवादी निकटका समूह बीच विवाद उत्पन्न भएको छ।

विगत केही वर्षदेखि नै वीरवहादुर तामाङको एउटा रुखमा फलेको वुद्धचित्तको फल वाङले करानामा गरी लिएका थिए । वाङले लिएपनि वुद्धचित्तका स्थानीय ठेकेदार सत्यमान लामाले विप्लव माओवादीसँग मिलेर उक्त वुद्धचिक्तको फल आफूले लिदै आएकोले अरुलाई उठाउन नदिने भन्दै धम्की दिएको वाङको आरोप छ ।

गतवर्ष ८० लाख रुपैयाँमा दवाञ्जु लामा (वाङ) ले खरिद गरेको बुद्धचित्त सत्यमानलामालाई विक्री गरेपनि अझै पैसा नपाएको गुनासो गरेका छन् । वुद्धचित्त रुखका धनी वीरबहादुरकी श्रीमती ठकुरानी तामाङसंग वाङले ०७२ साल असार १४ गते गरेको करारनामा अनुसार ०७४ भाद्र मसान्त सम्मको फल टिप्न पाउने उल्लेख छ।

करार अनुसार यो वर्ष पनि ८० लाखमा उक्त फल टिप्न पाउनुपर्ने दावी गरेका वाङले सम्झौता अनुसार फल नदिएको भन्दै प्रहरीमा उजुरी समेत गरेका छन् ।यता गणेशलामा समुहले ५५ लाख रुपैया ठकुरानीले लगिसकेको भनेर सो वुद्धचिक्त आफ्नो हुनुपर्ने दाबी गरिरहेका छन् । केहि समय अघि देखि गणेश लामा र सत्यमान लामाले वुद्धचित्तको फल कुर्नको लागि आआफ्नो तर्फबाट केटाहरु कुर्न राखेका थिए । वुद्धचित्ति कुर्ने बेलामा पनि दुवै समुहवीच झगडा भएको थियो । सत्यमान लामाले भने विप्लब माओबादीका कार्यकर्ता तिलक लामा, रामकृष्ण मैनाली लगाएतसंग मिलेर वाङ र गणेशलामा दुवै समुहलाई बाइपास गरि आज वुद्धचित्त टिप्न लागेसंगै त्रिपक्षीय भिडन्तको स्थिति उत्पन्न भएको हो ।
आज वुद्धचित्त टिप्ने बेला गणेश लामाको समुहले रोक्न खोज्दा सत्यमान लामाले प्रहरी प्रशासनलाई प्रभावमा पारि गणेशलामाको केटाहरुलाई पक्राउ गर्न लगाएको आरोप छ । प्रहरीले लामाका भाई राकेश लामालाई पनि केहि वेर नियन्त्रणमा लिएर छोडेको बताइन्छ । सत्यमान लामा प्रहरी प्रमुख आइजिपि प्रकाश अर्याल संग राम्रो उठबस भएको आरोप लागिरहेको छ । आइजिपि अर्यालको संरक्षणमा सत्यमानले ज्याजती गरिरहेको वाङ पक्षको आरोप छ । वुद्धचित्तको बारेमा त्रिपक्षीय विवाद उत्पन्न भए लगत्तै भकुण्डे, कटुञ्जे लगाएत रोशी क्षेत्रमा ठुलो संख्यामा केटाहरु परिचालित भएका छन्।
जिल्ला प्रहरी कार्यलय काभ्रेबाट उक्त क्षेत्रमा प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यलयका एसपी सहकुल थापाले जानकारी दिनुभयो । पथापाले भन्नुभयो ‘हामीले कुनैपनि अप्रिय घटना नहोस भनेर प्रहरी परिचालन गरेका छौं । विवाद भए कानुन बमोजिम कारबाही गर्छौ ।’

महंगो फलको राजस्व १ रुपैयाँ ४० पैसा
बहुमूल्य बुद्धचित्त फलको वार्षिक अरौबौं रुपैयाँको कारोबार भएपनि राज्यले भने प्रतिकिलो १ रुपैया ४० पैसा मात्र पाउने गरेको छ । व्यापारीले माला अरौबौं रुपैयाँमा कारोबार गरेपनि सरकारले भने राजस्व काम लिदै आएको छ । ‘राज्यको नीतिनै यस्तो छ, प्रतिकिलो १ रुपैया ४० पैसा लिने गरेका छौ ।’ जिल्ला वन कार्यलयका प्रमुख डिएफो प्रेम खनाल भन्नुहुन्छ । कारोबार अरौबौंको हुन्छ राजस्व हजार मात्र उठ्छ ।

गत वर्ष जम्मा १० हजार मात्र राजस्व संकलन भएको थियो ।’ उहाले थप्नुभयो ‘प्रतिकिलो ८ रुपैया हो नीजि आवादीमा भएकाले त्यसको १३ प्रतिशत मात्र लिन्छौ । एउटै मालाको तिन लाखसम्म विक्रि गर्ने गरेका व्यापारीले जिल्ला वन कार्यलयमा निकासीका लागि भन्दै प्रतिकिलो १ रुपैया तिरेपनि सुरक्षा परिचालनको लागि राज्यको लाखौ खर्च हुने गरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार