दार्जीलिङ छाड्न विद्यार्थीहरुलाई शुक्रबार १२ घण्टे अल्टिमेटम !

काठमाडौं, असार ८ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ ।

बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।

 

मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पु¥याउनु पर्नेछ । उनले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताए ।

उनले भने, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं ।’

 

भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जीलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ । यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन् ।

आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णयसमेत गरेका छन् ।

बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै आएका गोर्खाल्यान्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन् । बंगाल सरकाले मोर्चा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको उनले बताइन् ।

केही दिनअघि प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको निवासमा छापा मारेपछि नेताहरू भूमिगत भएका छन् । अन्नपूर्ण पोस्टबाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार