कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

उम्मेद्वार घरमा बम बिष्फोट…

मोरङ। मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराउका छ। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको कम्पाउण्ड वालमा बिष्फोटक पर्दाथ बिष्फोट गराईएको भेटिएको छ । बिष्फोटबाट पर्खालमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।

एकाबिहानै भएको बिष्फोटको आवाज फागोको घर आसपासमा पनि सुनेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । बिष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यसैबिच बिष्फोटपछि कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार फागोले बिष्फोट कांग्रेसको उर्लाबारीमा देखिएको जनलहरलाई र अन्य उम्मेद्वारहरुलाई त्रशित पार्न गराएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । उनले यो घटनाबाट आफु कतिपनि बिचलित नभएको बताए । यसैगरि मोरङकै बिराटनगरस्थित कंचनबारीमा एक मतदान केन्द्रमा सकेट बम फेला परेको छ । आज बिहान फेला परेको सकेट बम सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय पारेको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार