केटाहरू स्कर्ट लगाएर स्कुलमा पुगेपछि…

एजेन्सी– बेलायतको डेभोनमा प्रशासनले करिब ३० जना विद्यार्थीलाई सर्ट्स लगाएर स्कुल आउन रोक लगाएपछि उनीहरूले स्कर्ट लगाएर विरोध जनाएका छन् । एक्सेटरको आईएससीए एकेडेमीमा छात्रहरूले बढ्दो गर्मीका कारण स्कुल पोसाक परिवर्तन गर्न आग्रह गरेका थिए । तर स्कुलले अस्वीकार गरेको थियो ।

विरोध प्रदर्शनमा भाग लिएका एक छात्रले भने, ‘हामीलाई सर्ट्स लगाउने स्वीकृति दिइएन र म गर्मीका कारण पूरा दिन फुल पाइन्ट लगाएर बस्न सक्दिन ।’ डेनोब लाइभका अनुसार स्कुलकी प्रधानाध्यापक एमी मिसेलले भनिन्, ‘सटर््स स्कुलको युनिफर्म होइन ।’

विद्यार्थीका अनुसार स्कर्ट लगाउने कुरा पनि प्रधानाध्यापकबाटै पाएको र केही समयअघि उनले यस्तो कुुरा गरेको बताएका छन् । यसपछि स्कुलले आफ्नो नीतिमा परिवर्तन ल्याउने र प्रधानाध्यापकले त्यसतर्फ संकेतसमेत गरेको विद्यार्थीको बुझाइ छ ।

‘हामीलाई थाहा छ कि पछिल्ला केही दिनदेखि धेरै गर्मी छ र हामीले हाम्रा विद्यार्थी र कर्मचारीले स्कुलमा सहज महसुस गरून् भन्ने हाम्रो कोसिस छ,’ एमी मिसेल भन्छिन्, ‘फेरि पनि हाम्रो स्कुलको युनिफर्ममा सर्ट्स सामेल छैन । हामी विद्यार्थी र उनीहरूका अभिभावकसँग कुरा गरेर केही निर्णय लिन्छौं ।’राजधानीबाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार