ओलीलाई ‘किस’ गर्ने महिलाबारे यस्तो खुलासा…

झापा, ११ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा सार्वजनिक समारोहमै ‘किस’ गर्ने एक महिलाको बारेमा थप खुलासा भएको छ ।

ओलीलाई ‘किस’ गर्ने महिलाको बारेमा दैनिक नेपालले सबैभन्दा पहिला समाचार ‘ब्रेक’ गरेपछि यसको सर्वत्र चर्चा र चासोको विषय भएको थियो । खासगरि, सामाजिक सञ्जालमा त यो भाइरल नै भएको थियो । ओलीलाई चुनावी सभाको बेला मञ्चमा ‘किस’ गरेको भिडियोलाई झापाका पत्रकार एवं दैनिक नेपालका सहयोगी लक्ष्मी काफ्लेले कैद गरेका थिए । उनैले दैनिक नेपाललाई प्रदान गरेपछि पहिलोपटक यो समाचार सार्वजनिक भएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीलाई किस गर्ने महिलाका बारेमा खुबै चर्चा भएपछि उनको बारेमा थप खोजीको विषय बनेको थियो । तर, ओलीलाई त्यति स्नेह देखाउने ती महिला उनकी आफ्नै सानीमा भएको खुलासा भएको छ ।

झापा बिर्तामोड वडा नम्बर ९, गरामनी निवासी ती महिला हुन्, सावित्रा थपलिया । बाल्यकालकी साथी समेत रहेकी उनले बर्षौपछि भेटेको खुसीमा ओलीलाई चुम्बन गरेको बताइन् । बुढामावलीमा हुर्किएका ओलीसँग उनको २५ बर्षपछि भेट भएको खुलासा समेत भएको छ । ७० वर्षकी थपलिया ओली आउने थाहा पाएर नै गत बुधबार बिर्तामोडको एमालेको चुनावी सभामा गएकी थिइन् ।

ओलीलाई देख्नासाथ एकाएक स्टेजमा पुगेकी उनले ‘मलाई चिन्नु भो’ भनेर प्रश्न सोधेकी थिइन् । जबाफमा ओलीले ‘नमस्कार गर्दै सानिमालाई चिन्दिनँ के त’ भनेका थिए । त्यसपछि उनले एकाएक ओलीलाई पहिले बाँया, अनि त्यसपछि दायाँ गालामा किस गरेकी थिइन् ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार