कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गोर्खाल्याण्डको समर्थनमा काठमाडौँमा निस्कियो यस्तो जुलुस, दमन नगर्न चेतावनी…

काठमाडौं, १२ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्जिलिङमा भएको दमनको बिरोध गर्दै नेपालस्थित भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ ।

शान्तिबाटिकामा जम्मा भएर नेकपाका नेता तथा कार्यकर्ताहरू लैनचौर पुगेर भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा दार्जिलिङमा नेपाली भाषी भारतीय नागरिकहरूको शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न भारत सरकारसँग आग्रह गरिएको छ ।

दार्जिलिङका नेपाली भाषी भारतीयले अलग गोर्खाल्याण्डको मागसहितको गरेको शान्तिपूर्ण आन्दोलनप्रति पनि नेकपाले समर्थन रहेको जनाएको छ ।

विगत दुई सातादेखि दार्जिलिङमा अलग गोर्खाल्याण्डको मागसहित भएको शान्तिपूर्ण आन्दोलनमा पश्चिमबंगाल सरकारले क्रुर दमन गर्दै आएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।दैनिक नेपाल

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार