निर्वाचन बिथोल्न विप्लव कार्यकर्ताले बोकेको बम पड्किँदा सिंहको मृत्यु…

धनगढी । आफैले बोकेको मब विस्फोट हुँदा धनगढीमा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंह रहेका छन् ।

सिंहले निर्वाचन बिथोल्नका लागि आफैंले बोकेको सुतली बम विस्फोट हुँदा उनको टाउको पछाडीको भाग लगायत शरीरका विभिन्न भागमा चोट लागेपछि उपचारको क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका हातका औंलासमेत चुँडिएका थिए । मृतक सिंह धनगढी १२ जुगेडा निवासी हुन् । पूर्वमाओवादी नेता विप्लवले देशैभरि बमहरु राख्ने र तर्साउने गतिविधि गरिरहेका बेला यो घटनाले विप्लवले पनि सोच्नुपर्ने दिन आएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार