जसले छोरीलाई चिसो लाग्दा जलाए २० करोड !

मानिसले पैसा जलाउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । हुन पनि हो मानिसले कहिलै पैसा जलाउँदैन । किनकी उसले त्यही पैसा कमाउनका लागि दिनरात मेहनत गरेको हुन्छ । तर, एक बाबुले भने छोरीलाई चिसोबाट जोगाउन २० करोड रुपैंया बराबरको रकममा आगो लगाएका थिए ।

कोलम्बियाका पोबलो एस्कोबारले छोरीलाई चिसोबाट जोगाउन २० करोडमा आगो लगाएका हुन् । कुनै जमानामा हरेक हप्ता ४२ करोड डलर ९करिब बयालीस अरब रुपैयाँ० कमाइ गर्ने कोलम्बियाका कोकिन किङ्ग पोबलोले आफ्नो परिवारलाई जाडोबाट बचाउनको लागि २० करोड रुपैयाँ बराबरको रकममा आगो लगाएका थिए।

उनकी छोरीका अनुसार परिवार पहाडी इलाकामा लामो समयसम्म लुकेर बसेको थियो । त्यही क्रममा एक रता छोरिको शरीरको तापक्रम जाडोका कारण ह्वात्तै घट्यो । त्यही समयमा उनले छोरीलाई बचाउन २० लाख डलरमा आगो लगाएका थिए । जसका कारण छोरीको अवस्था सामान्य होस् ।

पोबलो लागुऔषध कोकीनकको दुनियाँका अहिलेसम्मै सबैभन्दा ठूला बादशाह हुन् । आफ्नो जमनामा उनले संसारमा ८० प्रतिशत कोकीन एक्लै सप्लाई गर्थे । डिसेम्बर १९९३ मा पोबलोको गोली हानी हत्या भएको थियो । उनको हत्या कसले गर्यो भन्ने चाहिँ अहिलेसम्म खुल्न नसकेको बताइएको छ । एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार