सिक्किम सीमाबाट सेना हटाउन चेतावनी दिँदै चीनले बन्द गर्यो भारतीय नाका

 १३ असार,एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेका बेलामा चीनले भारतप्रति कडा रुख अख्तियार गरेको भारतीय मिडियाले खबर सार्वजनिक गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चीनले भारतीयहरुको लागि मानसरोवरको यात्रा रोकिदिएको छ। चीनले नाथुला नाका बन्द गरिरदिएको छ। यसका विषयमा भारतको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन्।

चीनले भारतले सिक्किम बोर्डरबाट सेना नहटाएसम्म नाथुला नाका नखोल्ने स्पष्ट भाषामा भनिदिएको खबर छ। यो विषयमा पहिले भारत र चीनबीच कुराकानी भइरहेको चर्चा थियो।

सोमबारमात्र सिक्मिक बोर्डरमा भारतीय र चिनियाँ सेना भिडेको भिडियो सार्वजनिक भएको थियो। चीनको पिपुल्स लिबरेनस आर्मीले सिक्किम बोर्डरबाट छिरेर दुइ भारतीय सेनाको बकंर ध्वस्त गरिदिएको छ। भारतीय सञ्चारमाध्यमले सुत्रलाई हवाला दिँदै जनाए अनुसार दुइ देशबीच सिक्किमको डोका ला क्षेत्रमा १० दिन यता संघर्ष चलेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार