झलनाथ खनाल र सुबास नेम्वाङ बिरुद्ध उजुरी दर्ता…

इलाम। मौन समयमा मतदातालाई प्रभावमा पार्ने काम गरेको भन्दै नेपाली काग्रेस इलामले एमालेका दुई बरिष्ठ नेता बिरुद्ध उजुरी हालेको छ । मतदात गर्नु पुर्वको मौन अवधिमा नेकपा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले गृह जिल्ला इलाममा आचार संहिता बिपरीत मतदातालाई प्रलोभनमा पार्ने काम गरेको भन्दै नेपाली काग्रेस जिल्ला कार्य समिति इलामले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी हालेको छ ।


काग्रेस सभापती हिमालय कर्मचार्यले हस्तार गर्नु भएको उजुरी पत्र नेपाली काग्रेसको लेटर प्याडमा छ । उजुरी पत्रमा देशका सर्वोच्च पदमा बसेका ब्यक्तिले मौन समयमा निर्वाचनलाई प्रभाव पार्ने गरी भोजभत्तेर , मत माग्ने काम र आर्थिक चलखेल गरेको आरोप लगाईएको छ । मुख्य निर्वाचन अधिकृत नवराज दाहालले उजुरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिनु भयो ।

अधिकृत दाहालका अनुासार उजुरी दर्ता पछि प्रमाण पुगेमा निर्वाचन कानुन अनुसार कारबाही गरीने बताउनु भयो । एमाले नेता खनालले इलाम नगरपालिका ६ घोषमा गएराती चुनाबी कार्यक्रम गर्नु भएको थियो । उहाले सो क्षेत्रमा पैसा बाढेको अन्य दलले आरोप लगाएका छन । त्यस्तै नेता नम्वाङ्गले इलाम नगरपालिका ५ बरबोटे र सन्दकपुर गाउँपालिकाको दउरालीका चुनाबी कार्यक्रम गर्दै हिजो भोज भत्तेर गर्नु भएको थियो ।

अधिकृत दाहालले मौन अवधिमा मत माग्ने र मतदातालाई आश्वासन बाँड्ने कार्य गरे कारबाहि हुने जानकारी दिनु भयो । उहाले शुन्य अवधिमा यस्ता कार्य गरेर उम्मेद्धार निर्वाचित भए र पुष्ठि भयो भने उसको पद खारेज हुने वताउनु भयो । निर्वाचन अनुगमनका लागि पूर्वमा रहनु भएका राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदिप पाठकले दलहरुले मौन समयमा यस्ता गतिविधि गर्दा चुनावलाई प्रभावित पार्ने भएकाले सजकता अपनाउन आग्रह गर्नु भयो ।

उनीहरुले जसरी भएपनि एमालेलाई नै भोट हाल्नु पर्ने भन्दै मतदातालाई दवाबमा समेत राख्ने काम गरेको पाईएको छ । मौन अवधि सुरु भए देखी नै नेम्वाङले मतदाता भेला गरेर आमसभा गर्दा गर्दै इलाम नगरपालिका पाँच बरबोटेबाट लखेटीएका थिए । त्यहाबाट लखेटीए पछि सन्दकपुर गाउँपालिकाको देउराली लगायतका स्थानमा मतदाता भेला गर्दै बिभिन्न आस्वासन दिलाउने काम गरीरहेको पाईएको छ । नेम्वाङले देउराली बजारमा सोमबार बेलुका निर्वाचन आयोगको आचार संहिता बिपरीत भोजभत्तेर नै गरेको बुझीएको छ ।

उनले त्यहा पार्टीका कार्यकर्ता संग तस्वीर पनि खिचाएका छन् । एमालेले भने बरिष्ठ नेताहरु गाउँ पुग्दा आठ दश जना भेला हुँनु स्वभाविक भएको बताउदै आएको छ । बिरलै मात्र कार्यक्रममा पुग्ने ती ठाउँमा उनीहरु निर्वाचनको मुखमा पुग्नु भनेको चुनाबी प्रचारका लागि मात्र भएको स्थानीयले बताएका छन । कतिपय स्थानमा चामल पैसा बाढ्ने काम समेत भैरहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार