कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा प्रशान्तले गीत बनाउँदै…

नयाँदिल्ली । नेपाली मुलका भारतीय गायक एवम् नायक प्रशान्त तामाङले गोर्खाल्याण्डको आन्दोलनप्रति समर्थन जनाउँदै दमन नगर्न पश्चिम बंगाल सरकारसँग आग्रह गरेका छन् ।

तामाङको स्थायी घर दार्जिलिङमा पर्छ । तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएको इण्डियन्स एक्सप्रेसले आफ्नो अनलाइन संकरणमा समाचार लेखेको छ ।

दार्जिलिङमा हुर्किएका प्रशान्त नयाँदिल्लीमा बसाइँ सरे पनि उनका आफन्त दार्जिलिङमै बस्छन् । उनले दार्जिलिङसँग आफ्नो आत्मीय सम्बन्ध भएकाले त्यहाँको आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताए ।

गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनमा बंगाल सरकारले गोली चलाएको र त्यहाँका नागरिकको मृत्यु भएको खबरले आफूलाई पीडा हुने गरेको तामाङले बताएका छन् ।

‘म आज जे छु, त्यो दार्जिलिङ अर्थात् पहाडका मानिसकै कारण भएको हुँ’, प्रशान्तले भनेका छन्, ‘त्यसैले म गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्छु ।’

गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएका शान्तिपूर्ण प्रदर्शनमा पश्चिम बंगाल सरकारले सेना परिचालन गरेकोप्रति समेत प्रशान्तले आपत्ति जनाएका छन् ।

उनले दार्जिलिङ युद्धभूमि नभएको र सरकारले बिनाकारण सेना परिचालन गरेकोप्रति उनको आक्रोस थियो ।

प्रशान्तले बंगाल सरकारप्रति प्रश्न गर्दै भनेका छन्, ‘दार्जिलिङमा किन सेना खटाइएको छ ? के दार्जिलिङ युद्धभूमि हो ? बोर्डर हो ?’

प्रशान्तले दार्जिलिङका जनतामाथि लाठी प्रहार हुनुलाई आफ्नी आमामाथिको दमनको रुपमा लिएको उल्लेख गरेका छन् । ‘गोर्खाल्याण्डका लागि जारी आन्दोलन रोकिँदैन’, प्रशान्तले भनेका छन्, ‘तपाईंकी आमालाई लाठीचार्ज भइरहँदा के तपाइँ चुप लाग्न सक्नुहुन्छ ?’दैनिक नेपालबाट साभार 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent