कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाकामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगको जानकारी…

१४ असार, काठमाडौं । दोस्रो चुनाव अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जजानकारी दिएको छ ।

साथै सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदाताहरुले मतदान गरेको आयोजले जनाएको छ ।

८ हजार ३६४ मतदान केन्द्र मध्ये केही केन्द्रमा वर्षातको कारणले मतदान शुरु हुन केही ढिलाई भएको छ । बाँकी सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।

पूर्वी पहाडका केही स्थानमा वर्षा भइरहेको भन्दै आयोगले भनेको छ, ‘वर्षातका बावजुद मतदाताहरु बडो उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भइरहनुभएको जानकारी प्राप्त भएको छ ।’

वैतडी जिल्लाको सुरनया गाँउपालिकाको भूमिराज नि.मा.वि. मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गरेका छन् । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीया कलशी भट्टले भूमिराज नि.मा.वि., तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छन् ।

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।अनलाइन खबरबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent