कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित…

१४ असार, लिवाङ । रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएका छन् । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो ।

एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ । एसिडले चारवटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइन खबरबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार