कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सत्ताको दुरुपयोग गरिएको भन्दै पुनः मतदान गराउन एमालेको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ पार्टीले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ ।

दोस्रो चरणको मतदान सम्पन्न भएपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै बुधबार भएको निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोग गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

एमाले केही ठाउँमा सत्ता–संरक्षित धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गरेको छ । अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोग गरी जनमतलाई प्रभावित पार्ने कोशिस गरिएको एमालेले आरोप लगाएको छ ।

अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गर्नुका साथै डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको एमालेले जनाएको छ ।

अछामको मेल्लेख, पञ्चदेवल नगरपालिकाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको एमालेको आरोपप छ ।

पहिलो चरणको निर्वाचनमा पनि यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहो¥याइनुले चिन्तित बनाएको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।रातोपाटी संवाददाता

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार