ओलीको जिल्लामा आयो माओवादीको नसोचेको परिणाम

बनियानी (झापा), १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माओवादी केन्द्रले एउटा नसोचेको जित हासिल पारेको छ ।

प्रसंग हो, बुद्धशान्ति गाउँपालिकाको । यस गाउँपालिकाको वडा नम्बर ७ मा रोमाञ्चक चुनावी परिणाम आएको छ । सदस्यहरुमा सबै एमाले विजयी हुँदा वडाध्यक्षमा भने माओवादी विजयी भएको छ । वडा अध्यक्ष पनि जित्ने एमालेको अपेक्षा थियो । तर, नसोचेको परिणाम ल्याउँदै माओवादी केन्द्रका मातृकाप्रसाद पौडेल विजयी भए । उनले ३०८ मत ल्याए ।

यता, झापाकै बाह्रदशी गाउँपालिका–१ मा भने एमालेको प्यानल नै विजयी भएको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार बाह्रदशी गाउँपालिका अध्यक्षका लागि काँग्रेसका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याई रहेका छन् ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार