अपहरणमा परेका तुलसीपुरका व्यापारीको शव सल्यानको जंगलमा भेटियो

काठमाडौं, १६ असार । दाङको तुलसीपुरका अपहरणमा परेका ब्यापारी राजकुमार श्रेष्ठको शव भेटिएको छ ।

सल्यान जिल्लाको पाथिभरा लेक श्रेष्ठको शव फेला परेको हो । घना जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीले शव बोरामा हालेर दाङ ल्याउँदै छ । ब्यापारी श्रेष्ठ गत जेठ २६ गते साँझ अपहरणमा परेका थिए ।

अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरूको टोली खटिएको थियो ।

टोलीले अपरहणमा संलग्न केहीलाई पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा शव पत्ता लागेको दाबी गरिएको छ ।

श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर व्यक्ति प्रयोग भएको प्रहरीको निष्कर्ष छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।

श्रेष्ठको शव भेटेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent