प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ: व्यवस्थापिका-संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ।

प्रधानमन्त्री देउवाले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका उक्त विधेयकमाथिका विविध शीर्षकहरूमा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिनुहुने घोषणा सभामुख ओनसरी घर्तीले सदनको पहिलो बैठकमा गर्नुभएको थियो। प्रधानमन्त्रीले जवाफ दिएपछि विनियोजन शीर्षकमाथिको छलफल पूरा हुनेछ । रासस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार