पड्किनै लागेको बम खालि हातले समातेर फाल्ने बहादुर प्रहरी हवल्दार सम्मानित

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दागंमा खटिएका प्रहरी हवल्दार दुर्गाबहादुर राना एकाएक हिरो बने । कारण थियो उनले ज्यान जोखिममा पारेर बमसँग खेल्नु ।

दोस्रो चरणको चुनावमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्री आधारभूत विद्यालय, प्रतापकोट मतदान केन्द्रमा पहिचान नभएको एक समूहले फालेपछि उनी देशकै नायक बने । सबैको नजरमा परे । मिडियामा छाए ।

र त महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीले उनलाई सम्मान गर्न जान्यो । त्यस्तै सम्मानित हुनेमा राना सहित हबल्दार धनप्रसाद कुमाल र जवान दलबहादुर आले सम्मानित भएका छन् । उनीहरु सबैलाई चुनावमा मतपेटिकाको सुरक्षा गरेको भन्दै सम्मान गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार