मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना : श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा सोमबार रातको १० बजे एक व्यक्ति साइकलमा पुग्छ ।

ल्याएको छु ।’ ड्युटीमा खटिएकी महिला प्रहरी आत्तिएर जानकारी गराउन कार्यालयमा पुग्छिन् । इलाका प्रहरी कार्यालय कोहलपुरको इतिहासमा पहिलो पटकको घटना हुन सक्छ, अपराध गरिसकेपछि आत्मसर्पणका लागि अपराधको प्रमाणसँगै अपराधी प्रहरीसम्म पुगेको ।

कोहलपुर नगरपालिका वडा नम्बर ४ निवासी मोहम्मद अप्ताव वेडुवाले आफ्नै श्रीमतीलाई निर्ममतापूर्वक हत्या गरी टाउको शरिरबाट अलग गरी आत्मसमर्पण गर्न इलाका प्रहरी कार्यालय कोहलपुर परिसरमा पुग्दा ड्युटीमा खटिएका प्रहरी अधिकृत लगाएतका सुरक्षाकर्मीहरु अचम्मित भए ।

सुरुमा त हामीलाई पत्याउनै मुस्किल भयो, जघन्य अपराधका मुख्य दोषीहरु कमै मात्र प्रहरीसँग आत्मसर्पण गर्न आउने गर्छन्, ड्युटिमा खटिएका एक प्रहरी इन्चार्जले भने । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ४ निवासी रुप्सन बेडुवालाई उनकै श्रीमानले निर्ममतापूर्वक घाटी रेटेर हत्या गरेको पुष्टि भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १५ मा पर्ने अकलघरुवामा सिक्टा नहरको नजिक श्रीमतीको हत्या गरेको बयान अप्तावले प्रहरीलाई दिएपछि प्रहरी घटनास्थलमा पुग्दा ३ महिनाको बच्चा सडकको छेउमा र बच्चा भन्दा केही पर टाउको बिनाकी उसकी आमाको शब फेला परेको कोहलपुर प्रहरीले जनाएको छ ।

लामो समयदेखि श्रीमान श्रीमतीको सम्बन्ध चिसिदै गएको र अप्ताप दोस्रो श्रीमतीसँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सोमबार भारतीय सिमावर्ती शहर रुपैडिया पुगेर घर फर्कनेक्रममा हवल्दारपुरबाट करिब १ किलोमिटर भित्र अकलघरुवामा घटना भएको प्रहरीको भनाई छ । प्रहरीले अप्तावकी कान्छी श्रीमती पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार