चाणक्य नीतिः सम्भोगपछि जरुरी छ नुहाउनु, जान्नुस् किन ?

हिन्दू धर्ममा शारीरिक सँगै मानसिक र आत्मिक स्वच्छतामा धेरै फरक छ । हिन्दू शास्त्रहरु अन्तर्गत यहाँ भनिएको छ कि मानिसले दिनमा तीन पटक स्नान (नुहाउनु) अनिवार्य छ ।

ब्रह्ममुहूर्त

यदि कोही मानिस शास्त्रअनुसार आफ्नो जीवन व्यतीत गर्न चाहन्छ भने उसले सर्वप्रथम ब्रह्ममुहूर्त अर्थात विहान ४–५ बजेको बीचमा नुहाउनुपर्छ ।

स्नान

दोस्रोपटक नुहाउने समय दिउँसोका लागि निश्चित छ । र, तेस्रो अर्थात दिनको अन्तिम स्नान साँझ ६ बजेपछि गर्नुपर्छ ।

स्नान

हिन्दू शास्त्रका अनुसार पुरै शरीर धुनुभन्दा पनि हातखुट्टा धुनुलाई निकै महत्वपूर्ण मानिन्छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले आफ्नो हात र खुट्टा अनिवार्य धुनुपर्छ । यसका अलावा खान खानुभन्दा पहिला र खाइसकेपछि पनि हात खुट्टा धुनुपर्छ ।

हिन्दू धर्म

हिन्दू धर्म ग्रन्थहरुमा यो कुराको उल्लेख गरिएको छ कि शरीरमा स्वच्छ पानी खन्याउँदा अत्मिक मात्रै होइन् शारीरिक शक्तिमा पनि बल मिल्छ । यस्तो गर्नाले तपाईको मांसपेशिहरु पनि मजबुत हुन्छ र मस्तिष्क खुल्छ ।

आचार्य चाणक्य

हिन्दू शास्त्रका अलावा महान नीतिशास्त्र आचार्य चाणक्यद्धारा पनि स्नानको बहुमूल्य महत्वहरुका विषयमा बताइएको छ । उनका अनुसार ४ यस्ता मुख्य कार्य छन् जसलाई गर्नका लागि मनुष्यले स्नान अवश्य गर्नुपर्छ ।

शारीरिक स्वास्थ्य

यदि यसो नहुने हो भने व्यक्तिलाई शारीरिक स्वास्थ्यलाई हानी त हुन्छ नै साथै उसको अध्यात्मिक स्तरको पनि नाश हुन्छ ।

शव यात्राबाट फर्किएपछि…

चाणक्यका अनुसार शवयात्रा वा अन्तिम संस्कारबाट फर्किएपछि व्यक्तिको घर प्रवेश गर्नुभन्दा पहिला अनिवार्य स्नान गर्नुपर्छ । मृत्युपछि शरीरभित्र रहेको रोग प्रतिरोधक क्षमता समाप्त हुन्छ र मृतकको शरीरबाट धेरै ब्याक्टेरिया उत्पन्न हुन्छ, यी ब्याक्टेरिया अन्य मानिसहरुलाई नोक्सान पुगाउँन सक्छन् ।

मृतकको शरीर

मृतकको शरीर जब पञ्च तत्वमा विलिन हुन्छ तब ब्याक्टेरिया निक्लेर बाहिर आउँछ र बाहिर उभिएका मानिसको शरीरमा आउँछ । घर प्रवेश गर्दा पहिले यदि स्नान गर्नुभयो भने यी ब्याक्टेरिया तपाईको शरीरबाट हट्छ ।

सम्भोग

सम्भोगपछि कुनैपनि धार्मिक क्रियामा शामिल हुनुलाई राम्रो मानिदैन् । यसकारण यो निकै जरुरी छ कि सम्भोगपछि स्नान गरिनुपर्छ । त्यसपछि मात्रै अन्य कुनै कार्यमा समावेश हुन सकिन्छ ।

सम्भोग

चाणक्यका अनुसार सम्भोगपछि स्नान गर्नु अत्यन्त आवश्यक छ । यस्तो गर्नुभन्दा पहिला घरको सरसफाइ पनि गर्नुहुँदैन् । किनकि यस्तो गर्नाले तपाई आफ्नो घरलाई असुद्ध हुन्छ ।

तेल मालिश

आचार्य चाणक्यका अनुसार व्यक्तिलाई हप्तामा एकपटक पुरै शरीरमा तेल मालिश जरुर गर्नुपर्छ । तर, एउटा कुरामा ध्यान पनि जरुर राख्नुस् कि तेल मालिशपछि स्नान गर्नु पनि त्यति नै जरुरी छ जति तेल मालिश ।

कपाल काट्नु

चाणक्यका अनुसार कपाल काटिसकेपछि स्नान गर्नुपनि निकै जरुरी छ, ताकि काटेको कपाल तपाईको शरीरबाट पखालियोस् । किनकि यदि यो कपाल हाम्रो शरीरमा रह्यो भने यसले ब्याक्टेरियालाई आमन्त्रण गर्नेछ जसले निश्चित रुपमा तपाईको स्वास्थ्यलाई नोक्सानी पुगाउँछ ।

मुख्य समाचार