काठको पुल भाचिदा बल बहादुरको मृत्यु …..

प्रकाशित मिति: मंगलबार, साउन ०३, २०७४

जाजरकोट । जाजरकोटमा काठको पुल भाचिदा ४३ बर्षिया बलबहादुर परियारको मृत्यु भएको छ । त्रिबेणी नलगाड न.पा३को टट्टा बास्कोटी जोड्ने सांगटा खोला पुल भाचिदा परियारको मृत्यु भएको हो। त्रिबेणी नलगाड न.पा ३को करुवा घर भएका बल बहादुर परियार सोमबार दिउसो घरबाट कैना अस्पताल आउने भनेर आफ्नो स्वास्नीको साथमा आउदै गर्दा सो काठको पुल भाचिदा घटना भएको हो।

 

परियारको करिब १५००मिटर तल कैना बजार नजिक खाेलाको बिचमा लास फेला पारिएको छ। राज्यबाट जति सुकै बिकासका नाममा बजेड प्रस्तुत गरेपनी स्थानीय स्तरका निर्माण भनै उस्तै रहेका छन्। बर्षातको समयमा सास्ती डर त्रास खेप्नु परेको यस खोलामा जेनतेन आवतजावत गर्न बनाईएको काठको पुल भाचिएर सो घट्ना भएको छ।र परियारको लास अहिले पोस्टमार्टमको लागी प्राथामिक स्वास्थ्य केन्द्र दल्ली पठाईएको छ।

Sours : Purbeli News

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार