भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी….

प्रकाशित मिति: बुधबार, साउन ०४, २०७४

बीरगञ्ज / खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् ।

मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ । साजस्ता जिल्लाका सम्पुर्ण माछापालक किसानको यही मार्का हो ।

भारतबाट माछा आयत गर्नेहरु पनि मरेका माछा ल्याउने गरेको स्वीकार गर्छन । बीरगञ्जका विभिन्न स्थानमा रहेका मामा बजारमा बेच्न राखिएका कार्टुनमा प्याक गरेर ल्याईएका माछा कम्तीमा पाँच दिनअघि नै मारिएको स्वयं विक्रेता नै बताउँछन् ।
मरेको माछा आईसमा राखेर ल्याउँदा केहीफरक नपर्ने तर्क गर्दै नेपाली माछा ब्यापारीले मरेकै माछाको माग गर्ने गरेको आयातकर्ताको दावी छ ।, आजको गोरखापत्र दैनिककमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार