बिहानी सुर्य नारायण भगवानको पहिलो किरण संगै समस्त सनातन ॐकार….

बिहानी सुर्य नारायण भगवानको पहिलो किरण संगै समस्त सनातन ॐकार परिवार (हिन्दु , बुद्ध , किराँत) धर्मावलम्बी नेपाली बुबाआमा , दाजुभाई , दिदीबहिनी तथा भक्तजनहरुमा प्रभात कालिन नमस्कार , प्रणाम & सेवारो साथै हजुरहरु सम्पुर्णको हरेक क्षण हरेक पल सुखद र शुभ रहोस् भन्दै शुभ दिनको कामना गर्दछु !
नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित
‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको ताप्लेजुङ्ग सवैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्र पाथीभरा यही पर्ने हुनाले यहाँ वाह्य पर्यटकदेखि लिएर आन्तरिक पर्यटकहरुको प्रायः घुइँचो नै लागिरहन्छ ।

विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभराको पवित्र धाम ताप्लजेङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्गबाट लगभग १९– ४ किमि पुर्वोत्तर ३७९४ मीको उचाइमा अवस्थित छ । भरेको पाथी झै सुन्दर मनमोहक आकृति वोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम ‘पाथिभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।
पाथिभरा देवीको उत्पत्ति सम्वन्धमा थुप्रै किवदन्दी तथा जनविश्वास रहेका छन् । भनिन्छ – परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथिभरामा राखेका थिए । एक दिन अचनाक वथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तव्ध भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्न निर्देशन दिनु भयो । आत्मावोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सवैभन्दा स्वस्थ हृष्टपुष्ट भेडाको थुम्वा वली दिए । वली के दिइएको थियो– ती हराएका सयौ भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखापरे । त्यो भन्दा अझ आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जयजयकार गरे ।
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी ,दुर्गा क्षमा शिवधात्री स्वाहा , स्वधा , नमस्तुते !
ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके ,शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते !!
ॐ मुंडाल माला कपाल काला कपाल काला शिवशंकराय,शिवशंकराय , शिवशंकराय तस्मै ओम्काराय नमः शिवाय !!!
ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते, भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते !!!!ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया ,सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत् :
हिमालय स्थिते देबी भक्तानाम सुख दायीनी, पाथिभरा ईतीख्याता दुर्गा देब्यै नमो नमः : मनोआकांक्षा पुरागर्ने आस्था , बिश्वाश ,ममाताकी खानी , दयाकी खानी तथा शक्ति स्वरुपिणी साक्षात देबी श्री पाथिभरा माताले हामी सबैको रक्षा & कल्याण गरुन !

ॐ श्री पाथिभरा माता को चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्री पाथिभरा माताको आशिर्बाद (कृपा) सदैव हामी माथी प्राप्त भईरहोस , ॐ श्री पाथिभरा माताकी जय जय जय जय जय ! #जय_पाथीभरा_माता_ताप्लेजु

मुख्य समाचार