आर्यन र रेखा अभिनित रुद्रप्रिया हिट फिल्मको लिष्टमा ( बिजनेश रिपोर्ट)

काठमाण्डौ , २९ कार्तिक ।
लामो समयको अन्तराल पछि नेपाली सिने क्षेत्रका दुइ सुपरस्टार रेखा थापा र आर्यन सिग्देल पुन पर्दामा देखिए । दर्शकको रोजाइमा पर्ने यी दुइ कलाकारलाइ निर्माता रमेश एम के पौडेलले चलचित्र रुद्रप्रियामा संगै स्कृन शेयर गर्ने बाताबरण मिलाइदिए , सायद त्यहि भएर पनि चलचित्र रुद्रप्रिया लाइ दर्शक ले साथ दिएका छन् । कार्तिक २ गते देखि प्रर्दशनमा आएको यो चलचित्रले उत्कृष्ट व्यापार गर्दै अहिले पनि बिभिन्न हलमा प्रर्दशन भइरहेको छ ।


तिहारको अवसरमा रिलिज भएको यो चलचित्रले हाल सम्म झण्डै ५ करोडको ग्रस कलेक्सन गरिसकेको छ । यस्तै चलचित्र रुद्रप्रिया हल र डिस होममा एकसाथ रिलिज भएको थियो । यो चलचित्र डिसहोम राइट्स मात्र २ करोडमा बिक्रि भएको बुझिएको छ । यस्तै डिजिटल राइट्स र ओभरसिज राइट्स बिक्रि गरी १ करोड २५ लाख निर्माण पक्षलाइ हात लागेको छ । यसर्थ पनि चलचित्र रुद्रप्रिया बक्सअफिसमा हिट मानिएको छ र हिट फिल्मको लिष्टमा सवैभन्दा माथि पुगेको छ ।
आर्यन फिल्मस् र रेखा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र रुद्रप्रियाका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । व्यावसायीक तथा समिक्षात्मक रुपमा सफल यो चलचित्रलाइ सुदिप बबि भुपाल सिं ले निर्देशन गरेका छन् भने चलचित्रमा आर्यन सिग्देल , रेखा थापाको मुख्य भुमिका रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार