
दुधे, झापा । पान्थरे कवि हाङओजा थेगिमको कवितासङ्ग्रह “रातसँगै पलाएको सपना” आज दुधे स्थित आदिवासी जनजाती नेपाल आदिवासी जनजाति महासंघको भवन शिवसताक्षी, दुधेमा सताक्षीधाम साहित्य सङ्गमको आयोजनामा लोकार्पण गरियो

सङ्गमका अध्यक्ष उमानाथ दहालको अध्यक्षता र साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतित्थ्यतामा भएको सो लोकार्पण कार्यक्रममा उत्तरआधुनिकवादको एक पक्ष बहुलरङ्गवादीय समिक्षा उपन्यासकार मनु योङहाङले गर्नु भएको थियो । अर्का समिक्षक विन्दु दहालले सान्दर्भिक समिक्षा गर्नुभएको सो लोकार्पण कार्यक्रममा अतिथीहरु आख्यानकार पुण्यप्रसाद खरेल, विशेष अतिथी याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगू, प्राज्ञ सुमित्रा वाङदेल “चेली” तथा साहित्य चौतारी विर्तामोडका अध्यक्ष देविभक्त श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सङ्गमका सदस्य श्रीप्रसाद खरेलको स्वागत मन्तव्य र निर्मला प्रधान, विवेक दुलाल र देविभक्त श्रेष्ठले कृतिकै एक एक कविता वाचन गरिएको सो कार्यक्रममा विशेष अतिथी तथा याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगूले कवि थेगिमकै लिम्बू कविता वाचन गर्नुभयो ।

प्रमुख अतिथी साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले कविलाई बधाई दिंदै तथा अझ सशक्त कृतिहरुको शुभकामना दिंदै सारगर्वित मन्तव्य राख्नुभएको सो लोकार्पण कार्यक्रममा अध्यक्षले समापन मन्तव्य राखेपछि कृतिकार थेगिमले प्रमुख अतिथी र अतिथीलाई ढाकाको टोपी ओढाएर सम्मान जनाउनु भएको थियो ।

सन्चालन वीरेन्द्र थोक्लीहाङले गर्नुभएको सो कृति लोकार्पण कार्यक्रममा बाक्लो संख्यामा साहित्यकर्मीहरुको उपस्तिथी रहेको थियो । हिलिहाङ बाट



