बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर (रासस) ः काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।
–––

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार