कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

धनकुटामा आम हड्तालले जनजीवन प्रभावित

धनकुटामा जारी आम हड्तालले जनजीवन प्रभावित बनेको छ । प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएका छन् ।

बन्दका कारण दर्जनौं सवारी साधन धनकुटाको आत्मारा ढाट तथा जिरो प्वाइन्टमा रोकिएका छन् । ति स्थानमा सयौंको संख्यामा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताले मोटरसाइकल समेत रोकेपछि सर्वसाधारणलाई बढी असर परेको छ । सरकारले आफ्नो माग नसुनेकाले आन्दोलनलाई शसक्त पारिएको आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । आन्दोलनकारीले धनकुटा बजार, पसल, कलकारखाना समेत बन्द गराएका छन् । तर एम्बुलेन्स, प्रेस जस्ता अत्यावश्यक सवारी साधन तथा शिक्षण संस्था भने सञ्चालनमा छन् ।

राजधानी माग राख्दै एक महिनादेखि धनकुटाबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । जिल्लाका सात वटै तहका प्रमुख तथा उपप्रमुख, राजनैतिक दलका प्रतिनिधि लगायत विभिन्न संघसंस्था समेटिएको ५०१ सदस्यीय समिति गठन गरी संघर्षका कार्यक्रम अघि सारिएको जनाईएको छ । संघर्ष समितिले आजदेखि अनिश्चितकालिन बन्द आव्हान गरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार