काठमाडौं : शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । बिहान तीन बजेबाट नेटवर्क आएको समस्या एकै पटक बिहान आठ बजेमात्र समाधान भएको छ । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच घण्टासम्म टेलिकममा समस्या आएको टेलिकमका इन्जिनियर राजेन्द्र पौड्यालले जनाकारी गराएका छन् ।
पैड्यालका अनुसार पाटनको सुन्धारामा रहेको ट्रान्समिसनमा ओभरहिट भएका कारण यो समस्या देखिएको अनुमान गरिएको छ । ‘उक्त ट्रान्समिसनमा बिहिन तीन बजेबाट नै समस्या आएको थियो’, उनले भने, ‘अहिले उक्त समस्याको समाधान भई सकेको र नेटवर्कको पनि समस्या समाधान भइसकेको छ।’