विराटनगर । माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा भाग बण्डाको सहमति भएको छ ।
टंक आङबुहाङ दलको नेता चयन भएका छन् भने प्रदेश सरकारमा पार्टीको नेतृत्व इन्द्र आङबो (मौसम)ले गर्नेछन् । आङबुहाङ प्रचण्ड समूहका हुन् भने आङ्बो गोपाल किराती समूहका हुन् ।
प्रचण्ड समूहले आङबुहाङलाई दलको नेता बनाउन चाहेको थियो । तर, गोपाल किराती समूहले आङबोलाई अघि सारेपछि दुई गुटबीच पदीय झगडा देखिएको थियो ।
बिहीबार विराटनगरमा बसेको संसदीय दल र प्रदेश कार्यालयको विस्तारित बैठकले संसदीय दलको नेता र सरकारको नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।
दलेका नेता र सरकारमा पार्टीको नेतृत्व विवाद समाधान भएको प्रदेश सांसद कुलबहादुर साँवा ले बताए ।