कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

धुर्मुस–सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने गरे घोषणा

काठमाडौां, १५ चैत : चार वटा नमूना बस्ती निर्माण गरी हस्तान्तरण गरेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने गर्ने घोषणा गरेका छन् ।

कलाकाररितासँगै प्रत्यक्ष सामाजिक काममा हात हालेका धुर्मुस–सुन्तलीले युवाहरुमा देखिएको क्रिकेट क्रेट र आफूमाथिको विश्वासका कारण दवाव परेको भन्दै अब क्रिकेट रङ्गशाला निर्माणमा जुट्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले संयोजन गर्ने खुलाएका छन् । उनका अनुसार चाँडै रङ्गशाला निर्माण समिति बन्ने र त्यही समितिको रोहबरमा रङ्गशाला बन्नेछ । ‘यो अभियान धुर्मुस–सुन्तली फाउण्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले लेखेका छन् ।

यो परियोजना सरकारलाई सघाउनका निम्ति भएको भन्दै यसमा नेपाल सरकारले गम्भिरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गरेका छन् । धुर्मुसले यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए । उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन्, ‘अब भन्नुहोस कुन चाहिँ पहिला ?’

यसको जवाफमा धेरैबाट पहिले क्रिकेट रङ्गशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रङ्गशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । यो अभियानलाई धुर्मुस–सुन्तलीले मात्र सफलताका साथ सम्पन्न गर्न सक्ने भन्दै स्वयम् क्रिकेटसँग सम्बन्धित र खेलप्रेमीहरुले आग्रह गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार