पत्नीको शव बोरामा, फरार पति लुकेको अवस्थामा पक्राउ

बर्दिबासः पत्नी हत्याको आरोपमा प्रहरीले एकजना पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दास रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका एसपी कुवेर कडायतले जनाए ।

चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते भेटिएको थियो ।

मटिहानी नगरपालिका–४ स्थित सडक किनारको खाल्टोमा उनको शव भेटिएको थियो । निर्मम तरिकाले कुटपिट गरी हत्या गरेर फालिएको पुनमको शव बोरामा पोको पारेर फालिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

पुनमको हत्यापछि शिवशंकर फरार रहँदै आएका थिए । प्रहरीले महोत्तरीको धिरापुरमा लुकेर बसको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार