कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

हुण्डी कारोबारीविरुद्ध प्रहरीको धावा, यसरी भित्रन्छ हुन्डीबाट अवैध रकम

काठमाडौं, २५  जेठ । सुन तस्करी, खेलमा हुने सट्टेबाजी, घुसदेखि अपहरणजस्ता संगठित अपराधमा हुण्डीमार्फत् अवैध कारोबार बढ्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ । देशको अर्थतन्त्रको मेरुदण्ड बनेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत् आउने हुँदा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा देशमा भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अर्थ मन्त्रालयले हुण्डी कारोबारीविरुद्ध कारबाही गर्न प्रहरीलाई पटक–पटक निर्देशन दिंदै आएको छ ।

महानगरीय अपराध महाशाखाले जेठ २१ गते हुण्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गर्यो । राजधानीको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिवकुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्र्र्केिटङका राजकुमार सिघान्ची र जगदिश सरियालाई महाशाखाले पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट ५१ लाख ४ हजार ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँ बराबरको चेक बरामद गरेको छ ।
यसअघि महाशाखाको टोलीले नक्साल भाटभटेनी नजिकैको एक बुटिक पसलबाट हुण्डी गर्न लागिएको १७ लाख अवैध रकमसहित वाइड हुसेन र उनका भाइलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरी हुसेनको नेटवर्कभित्र पसेको खण्डमा ठूला हुण्डी कारोबारीहरुको पर्दाफास हुने एक व्यवसायी बताउँछन् । तर, हुसेनलाई मात्र मुद्दा चलाएर प्रहरी उसको नेटवर्कभित्र पस्न नसक्दा ठूला कारोबारी उम्कने खतरा बढेको छ । यद्यपि महाशाखाले भित्रभित्रै हुसेनसँग मिलेर काम गर्ने ठूला कारोबारीहरुलाई खोजि गरिरहेको स्रोत बताउँछ ।
हुसेनले नेपालबाट जेपी भट्टराई नाम गरेका व्यापारीको एजेन्ट बनी हुण्डीमार्फत अष्ट्रेलियाबाट आउने रकमलाई नेपाली बजारमा पु¥याउँदै आएका छन् । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको रकम भने जेपीका छोरा विनोदले फेसबुकमा मोवाइल नम्बर र रेट नै राखेर हुण्डीमार्फत नेपाल पठाउने गरेका छन् ।
अष्ट्रेलियामा अवैध रुपमा बस्दै आएका विनोदले सोझासाझा विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पार्न फेसबुकमार्फत सहयोगीहरुलाई स्टाटस लेख्न लगाई हुण्डीबाट रकम पठाउन प्रोत्साहन गर्दै आइरहेका छन् ।
विदेशबाट आउने अवैध रकममध्ये सबैभन्दा बढी अष्ट्रेलियाबाट नेपाल भित्रिने गरेको छ । खाडी राष्ट्र, भारत र कोरियाबाट पनि हुण्डीमार्फत अवैध रकम भित्रिदै आएको छ । केही समय अघि एसएसपी दिवेश लोहनी अपराध महाशाखामा छँदा प्रहरीले जेपीको स्वार्थमा अर्का एक हुण्डी व्यापारीलाई पक्राउ गरी कारबाही गर्न खोज्दा जेपीको अवैध धन्दाको पोल खुलेको थियो, आजको युनाइटेड पोष्टमा समाचार छ । जेपीले प्रहरीलाई ती व्यापारी ठूलो कारोबारी हो भन्दै सूचना दिएर आफ्नो धन्दा लुकाई करोडौं असुल्न खोजेपछि दुबै जना कारोबारी रहेको खुलेको थियो ।
स्रोतका अनुसार अष्ट्रेलियामा रहेका भट्टराईका छोरा विनोद र ती व्यापारीका आफन्तबीच पार्टनरसीपमा हुण्डीको अबैध काम हुने गरेको थियो । जसका आधारमा भट्टराईले ग्राहकलाई पैसा दिँदै आएका थिए । अहिले प्रहरीले व्यापारको आवरणमा हुण्डीको काम गर्ने जेपीको समूहलाई पनि जालोभित्र पार्न लागेको छ ।
हुसेन कारबाहीमा परेपछि जेपी केही समय विदेश गई नेपाल फर्केका थिए । आफ्नै सूचनाका आधारमा प्रहरीले हुसेनलाई कारबाही गरेको भन्दै जेपी आफूलाई प्रहरीले केही गर्न नसक्ने बताउँदै हिड्न थालेको कारोबारहीहरुबीच चर्चा छ । जेपीलाई एक मेनपावर व्यवासायीले पनि हुण्डी कारोबारमा साथ दिंदै आएका छन् । ती व्यवसायीको प्रहरीका उच्च अधिकारीहरुसँग समेत उठबस रहेको छ । उनीहरुले हुण्डीमार्फत फसेको पैसा उठाउन प्रहरीमा लेनदेनको कागज बनाउँदै आएका छन् ।
आफूले निरन्तर हुण्डीको कारोबार गर्ने र विरोधीहरुलाई ठेगान लगाउन प्रहरीलाई सूचना दिई गोरे शैलीमा जेपीको समूहले काम गर्दै आइरहेको छ । तस्करीको साढे ३३ केजी सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा महाशाखाको छवि गुमेको थियो । पछिल्लो समय महाशाखाले आक्रमक रुपमा हुण्डी कारोबारीहरुलाई पक्राउ गरी कारबाही गर्न थालेपछि भारतको बोर्डरमा बसेर विदेशी नम्बर सञ्चालन गरी अवैध हुण्डीको कारोबार गर्दै आएका जेपीलगायत फन्दामा पर्ने अवस्था देखिएको छ ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भने अवैध हुण्डी कारोबारीविरुद्ध सचेत भएर नै हुण्डी कारोबारीविरुद्ध अप्रेसन सुरु गरिएको बताउँछन् । उनले भने–‘हुण्डी कारोबारीहरु फन्दामा पर्ने क्रम जारी छ । प्रहरीले कुनै पनि त्रुटिपूर्ण काम गर्दैन ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार