एकैपल्ट ११ सुन व्यवसायी पक्राउ

बर्दिया, १७ असार । ३८ क्विन्टल सुन तस्करीका अभियुक्तमाथि पक्राउ र अनुसन्धान चलिरहेका बेला प्रहरीले ११ जना सुन व्यवसायीहरुलाई पक्राउ गरेको छ ।

बर्दिया प्रहरीले ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा सुनमा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको प्रहरी भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाले ११ सुन व्यवसायी पक्राउ परेको पुष्टि गरेको छ । तर कुन–कुन व्यवसायी पक्राउ परेका हुन् भन्नेबारे अझैसम्म केही खुलाइएको छैन । पक्राउ परेका व्यवसायीलाई हिरासतमा राखिएको छ । मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार