देउवाविरुद्ध पौडेलको मोर्चाबन्दी, बालाजुमा पौडेल गुटको बैठक

काठमाडौं, ३२ असार । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको रणनीतिविरुद्ध आफूलाई तयार राख्न वरिष्ठ नेता रामचन्द्र पौडेलले मोर्चाबन्दी शुरु गरेका छन् ।

पार्टीलाई नयाँ संरचनामा लैजाने सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि धारणा तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक काठमाडौंमा शुरु भएको छ । बालाजुस्थित एक सामुदायिक विद्यालयमा आज (सोमबार) बिहान ११ बजेदेखि शुरु भएको भेलाले साउन २ गते सभापति देउवाले डाकेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आफ्नो धारणा तय गरिने पौडेल निकट नेताहरुले जानकारी दिएका छन् ।

पौडेलले बोलाएको गोप्य बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले आफू निकट केन्द्रीय सदस्यहरूसँग विधान मस्यौदा समिति, पार्टीका विभागहरू गठन र प्रदेश समितिहरू बनाउन सभापति देउवाले गरेका प्रस्तावमा कसरी प्रस्तुत हुने भनेर धारणा माग्ने जनाइएको छ ।

सभापति देउवाले विधान मस्यौदा समिति, पार्टीका विभागहरू गठन र प्रदेश समितिहरू बनाउन प्रस्ताव गरे पनि वरिष्ठ नेता पौडेलले त्यसमा निर्णय दिन दिएका छैनन् । देउवा विधान मस्यौदा समिति र महासमितिको भेलाको मिति समेत तय गर्ने तयारीमा छन् ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार