गहना लुटेर आफ्नो पसलबाट बिक्री गर्ने एक जना पक्राउ

साउन, काठमाडौं । सुनका गहना लुटपाट गरेर आफ्नो सुन पसलबाट बिक्री गर्ने आरोपमा अदालतबाट दोषी ठहर भएका गणेशबहादुर सुनार पक्राउ परेका छन् ।

चोरीको ३१ वटा घटनामा संलग्नको आरोपमा अदालतबाट दोषी ठहर भइसकेका नुवाकोट थानसिंह घर भई हाल ककनी गाउँपालिका ८ बस्ने ४९ वर्षका सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई ककनीबाट पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती चोरीका ३१ वटा मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत २४ गते दोषी ठहर गर्दै ३४ लाख ७२ हजार पाँच सय ९१ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

उनलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सुनारसमेत ४ जना प्रतिवादीहरुले काठमाडौंका बिभिन्न स्थानबाट, बिभिन्न मितिमा, बिभिन्न व्यक्तिहरुको सुनको सिक्री समेतका गरगहना तथा धनमालहरु लुटेर सुनारले सञ्चालन गरेको पन्चकन्या ज्वेलर्समा लगि प्रचलित मुल्य भन्दा कम मुल्यमा बिक्री गरेका प्रहरीले बताएको छ ।

भिडियो हेर्नुहोस 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार